Breaking News.... EverestOnlineKhabar
June 7, 2026

प्रधानमन्त्री देउवाको सम्मानमा न्युयोर्कमा रात्रिभोज

Loading

एजेन्सी । प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले रात्रिभोज दिएका छन ।

रात्रिभोजमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी, नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीलगायत उच्च अधिकारी सहभागी थिए ।

प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२औं महासभामा भाग लिने क्रममा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधवार बिहान न्यूयोर्क पुगेका हुन् ।

महासभाको दौरानमा प्रधानमन्त्री देउवाले अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री सेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवाले यही असोज ७ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ । प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed