![]()
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा पार्टी बिधान र पद्धती अनुसार नचलेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
नेपाली काँग्रेस नागार्जुन नगरपालिकाले आयोजना गरेको ‘दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान एवम् चियापान’ कार्यक्रममा बोल्दै नेता सिंहले राष्ट्रिय महत्वका विषयमा पार्टीमा यथेष्ट छलफल गरी निर्णय गर्नुपर्नेमा सभापति देउवाले एकलरुपमा निर्णय गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्रीसमेत रहनु भएका सभापति देउवा सरकार चलाउने विषयमा पनि मनोगत रुपमा अघि बढेको भन्दै असन्तुष्टि जाहेर गर्नुभयो ।
नेता सिंहले मंसिरमा हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा पार्टीले टिकट दिएका उम्मेदवारलाई बिजयी गराउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘आजैदेखि पार्टीले टिकट दिएका उम्मेदवारको प्रचारप्रसारमा लाग्नुहोस, पार्टीका पक्षमा मत माग्नुहोस । ’
काँग्रेसले गरेका कामहरु आम जनतामाझ लगेर जनताको मन जित्नुपर्ने बेला आएको धारणा राख्नुभयो ।


