Breaking News.... EverestOnlineKhabar
June 6, 2026

उत्तर कोरियालाई ध्वस्त पारिदिने राष्ट्रसंघ महासभामा ट्रम्पको चेतावनी

Loading

बिबिसि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई ध्वस्त पारिदिने चेतावनी दिएका छन । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिका वा आफ्नो गठबन्धनको रक्षा गर्ने अवस्था आए उत्तर कोरियालाई ध्वस्त पारिदिने चेतावनी दिएका हुन ।

उत्तर कोरियाबिरुद्ध निकै आक्रामक देखिएका ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई ‘रकेट म्यान’ को संज्ञा दिए । किम आत्महत्याको बाटोमा गएको उनले बताए ।

सम्बोधनका क्रममा ट्रम्पले इरानको पनि आलोचना गरे । इरान ‘भ्रष्टाचारी तानाशाह’ रहेकाले मध्यपूर्व अस्थिर भएको आरोप लगाए । अब कसैले अमेरिकाको फाइदा उठाउन नसक्ने र एकतर्फी सम्झौतामा अमेरिकाले कहिल्यै हस्ताक्षर नगर्ने स्पष्ट पारे ।

ट्रम्प बोल्न अघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले युद्धको बाटोमा नबढ्न सबैलाई आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed