Breaking News.... EverestOnlineKhabar
June 7, 2026

काँग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान गर्ने

Loading

काठमाडौ,३ असोज ।
नेपाली काँग्रेसले आगामी असोज १९ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महान् चाड दशैँ, तिहारको अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिनमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।
कार्यक्रम कोजाग्रत पूर्णिमाको दिन दिउँसो १ देखि ४ बजेसम्म हुनेछ । उक्त कार्यक्रममा भाग विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि तथा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको मुख्यसचिव पौडेलले बताए ।
राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गर्दै विसं २०३३ मा काँग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले नेपालीका बीचमा आपसी सद्भाव अभिवृद्धि गर्दै राष्ट्रियतालाई मजबुत पारेर सबै नेपालीलाई राष्ट्रनिर्माणमा सरिक हुने अवस्था सिर्जना गर्नका लागि आरम्भ गरेको शुभकामनालाई यस वर्ष पनि काँग्रेसले निरन्तरता दिन लागेको हो ।
काँग्रेसले गत वर्ष पार्टीका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनका कारण चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed