Breaking News.... EverestOnlineKhabar
June 7, 2026

५६ सदस्यीय मन्त्रीमण्डल बनाउँदा पनि देउवा मन्त्रीमण्डलले राख्न सकेन विश्व रेकर्ड

Loading

काठमाडौ,३ असोज ।
०५२ मा आफैंले बनाएको रेकर्ड तोड्दै जम्बो मन्त्रीमण्डल बनाएको भन्दै देउवाको आलोचना भइरहेको छ । तर, ५६ सदस्यीय हुँदा पनि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले‘जम्बो मन्त्रिपरिषद’ को रेकर्ड भने बनाएका रहेनछन् । गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा जम्बो मन्त्रिपरिषदको रेकर्ड महेन्द्र राजापाक्षेको नाममा छ । श्रीलंकाको राष्ट्रपति हुँदा उनले २००५ मा ५२ क्याबिनेट मन्त्री नियुक्त गरेका थिए र, यो २००८ मा गिनिज बुकमा रेकर्ड दर्ता भएको छ । देउवा सरकारमा भने २६ मन्त्री, ३ उपप्रधानमन्त्री र प्रधानमन्त्री गरी ३० सदस्यीय क्याविनेट छ, त्यसैले श्रीलंकको रेकर्ड भने तोडिएको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौं पटक मन्त्रीमण्डल विस्तार गरी मन्त्रीमण्डल सदस्य संख्या ५६ पुगेको छ । जम्बो मन्त्रीमण्डल बनाएको भन्दै चर्को आलोचना भइरहेका बेला देउवाले राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थपेका हुन् । राप्रपा प्रजातान्त्रिकबाट विराज विष्ट विज्ञान प्रविधि र कमला शर्मा वन राज्यमन्त्री नियुक्त भएका छन् । दुबै राज्यमन्त्रीले सोमबार नै प्रधानमन्त्री देउवासमक्ष पद तथा गोपनियताको सपथ लिए ।
यो विस्तारसँगै देउवा मन्त्रीमण्डल ५६ सदस्यीय भएको छ, जसमा तीन उपप्रधानमन्त्री, २६ मन्त्री र २६ राज्यमन्त्री छन् ।माओवादी केन्द्र र फोरम लोकतान्त्रिकको समर्थनसँगै देउवा सरकार बहुमतमा हुन्छ । साथै सुरुमा नै साना दलहरुले पनि उनलाई समर्थन गर्दै आएका छन् । देउवा सरकार आफैंले प्रदेश र संसदको चुनाव मंसिर १० र २१ मा गर्ने निर्णय गरिसकेको छ र भदौ १४ बाटै निर्वाचन आचार संहिता समेत लागू भएको छ ।
यस्तो अवस्थामा राप्रपाबाट फुटेको राप्रपा प्रजातान्त्रिकको आन्तरिक व्यवस्थापन मिलाउने नाममा देउवाले गरेको पछिल्लो दुई मन्त्रिपरिषद् विस्तार अर्थहिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed