Breaking News.... EverestOnlineKhabar
June 7, 2026

७० प्रतिशत मतदान, निर्वाचन उत्साहजनक र शान्तिपूर्ण

Loading

काठमाडौं । प्रदेश नम्बर २ मा भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको थियो । केही ठाउँमा मतदाता लाइनमै रहेकाले मतदानको समय लम्बिएको थियो ।

निर्वाचन आयोगले आठवटै प्रदेशमा ७० प्रतिशतभन्दा बढी मत खसेको जनाएको छ । आयोगले मतदाताको सहभागिता निकै उत्साहजनक रहेकोमा हर्ष प्रकट गरेको छ । मतदान सकिएको घोषणापछि मतपेटिका सुरक्षासहित मतगणनास्थल लैजाने लगायतका काम भैरहेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले सात दिनभित्र सबै तहको मतपरिणाम ल्याउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed