Breaking News.... EverestOnlineKhabar
June 7, 2026

दुई राज्य मन्त्री थपिए, मन्त्रिमण्डल ५६ सदस्यीय

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकका दुई राज्य मन्त्री थप्नु भएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले सिफारिस गरेका विराज विष्ट र कमला शर्मालाई सोमबार राज्यमन्त्रीमा सपथ गराउनुभयो । बिष्ट विज्ञान तथा प्रविधि राज्यमन्त्री र शर्मा वन तथा भू–संरक्षण राज्यमन्त्री बन्नुभएको छ ।

यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी सम्हालीसक्नु भएको छ । शर्मा भने पहिलोपटक राज्यमन्त्री बन्नु भएको हो ।

दुई मन्त्री थपिएसंगै मन्त्रिमण्डल ५६ सदस्यीय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed