![]()
सप्तरी,२ असोज ।
राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का वडाध्यक्ष उम्मेदवार महन्थी यादवको निधन भएपछि सोमबार हुने सो वडाको मतदानको कार्यलाई स्थगित गरी यही असोज ५ गते गर्ने निर्णय भएको छ ।
साबिकको देउरी भरुवा गाविस हाल राजविराज नगरपालिका–१५ बस्ने राजपाका वडाध्यक्ष पदका उम्मेदवार ६५ वर्षीय यादव केही दिनयता रक्त क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । शनिबार साँझ घरमै उहाँको निधन भएको थियो ।
यादवको निधनका कारण राजविराज नगरपालिका वडा नं १५ को निर्वाचन सारेर यही असोज ५ गते मतदान हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले बताउनुभयो ।


