Breaking News.... EverestOnlineKhabar
June 6, 2026

गुगलले ४ अक्टोबरमा नयाँ स्मार्टफोन सार्वजनिक गर्दै

Loading

एजेन्सी । गुगलले आगामी ४ अक्टोबरमा आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । गुगलको एक नयाँ टिजर अनुसार पिक्सेल टू र पिक्सेल टू एक्स एल नामक स्मार्टफोन अक्टोबर ४ मा रिलिज हुने भएको हो ।

गुगलले मेड बाइ गुगल नामक साइटमा टिजर सार्वजनिक गरेको छ । सो टिजरमा स्मार्टफोन बदल्ने सोचमा भए अक्टोबर ४ का बारेमा थाहा पाउन सूचना जारी गरिएको छ । सूचनामा गुगलका कुन कुन फोन आउँदैछन भन्ने चाहिं केही खुलाइएको छैन ।

यो वर्ष सबैजसो प्रतिस्पर्धी कम्पनीहरुले आफ्ना नयाँ नयाँ प्रविधियुक्त फोन लञ्च गरेका छन । यो बेला गुगलको स्मार्टफोन लञ्च वर्षको अन्तिम हेभीवेट लञ्च हुनेछ ।

एप्पलले आफ्ना तिन नयाँ स्मार्टफोन लञ्च गरेको दुई दिनपछि नै गुगलले उक्त टिजर सार्वजनिक गरेको हो । पिक्सेल टू र पिक्सेल टू एक्स एल गुगलका फ्लागसीप स्मार्टफोन हुनेछन् ।

त्यस्तै गुगलले सार्वजनिक गरेको अर्को भिडियोमा स्मार्टफोन सम्बद्ध विभिन्न प्रश्नहरु सोधेको छ । ती प्रश्नको जवाफ पनि अक्टोबर ४ मा पाइने संकेत गरेको छ । गुगलको पिक्सेल टू स्मार्टफोन एचटीसी कम्पनीले बनाइरहेको अनुमान गरिएको छ । यो फोनमा स्क्विजेबल फ्रेम हुनेछ । यसमा फोनको स्क्रिनलाई दबाएकै भरमा विभिन्न कार्य गर्न सकिन्छ । त्यस्तै पिक्सेल टू एक्स एल चाहीँ एलजी कम्पनीले बनाइरहेको छ । यसमा ६ इन्चको भेजललेस डिस्प्ले हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed