![]()
नवलपरासी । नवलपरासीको मालपोत कार्यालय कावासोतीका प्रमुख खगेन्द्रराज घिमिरेलाई कालो मासो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन । प्रहरीले नेकपा माओवादी विप्लव समूहका दुई जिल्ला नेतालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चित्तलसिंह राना र प्रेम ढकाल रहेका छन ।
गत बुधबार कार्यालय समयमा मालपोत अधिकृत घिमिरेलाई कालो मोसो दलिएको थियो । कार्यालय प्रमुख घिमिरलाई जग्गाका प्रकृतिलाई फेरबदल गरी राजश्व रकम कम गरी उक्त रकम आफूले लिने गरेको, ३० लाख बढीको थैली लाग्ने जग्गाको मूल्य घटाएर सो वापतको रकम आफूले लिने गरेको र रकम नलिई कसैको पनि काम नगर्ने गरेको आरोप लगाइएको छ ।


