![]()
पर्सा । असोज २ गते प्रदेश नम्बर २ मा हुन लागेको स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी नेपाल भारत सीमा क्षेत्रका सबै नाका बन्द गरिएको छ । निर्वाचन सुरक्षाका लागि भन्दै भारतसंग सीमा जोडिएका दुइ नम्बर प्रदेशका सबै नाका ७२ घण्टाका लागि शील गरिएको हो ।
नाकाहरु असोज २ गते राति १२ बजे सम्मका लागि शील गरिएका हुन ।
जिल्ला प्रशासन कार्यालय पर्साले भारतसंग सिमा जोडिएको १०७ किलोमिटर सीमा क्षेत्र शील गरेको जनाएको छ । नाका शील गरिएसंगै सुरक्षाकर्मीले नेपाल–भारत आवतजावतमा रोक लगाएका छन् ।
सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले साइकल, मोटरसाइकल, रिक्सा, ट्याम्पु लगायतका सबै खाले सवारी साधन आवजावतमा रोक लगाएका छन् । सीमा वारपार गर्ने पैदल यात्रुहरुलाई समेत शरीर खानतलाशी गरेर मात्रै आवात जावत गर्न दिइएको छ ।


