Breaking News.... EverestOnlineKhabar
June 6, 2026

एनआरएन विश्व सम्मेलनको चहलपहल, अध्यक्षमा भवन भट्टको उम्मेदवारी

Loading

एजेन्सी । असोज २८ गतेदेखि तीन दिनसम्म चल्ने एनआरएन विश्व सम्मेलनको चहल पहल तीव्र हुँदै गएको छ । एनआरएनका वरिष्ठ उपाध्यक्ष भवन भट्टले आगामी कार्यकालका लागि अध्यक्ष पदपमा उम्मेदवारी घोषणा गरेका छन् ।

शनिबार काठमाडौमा पत्रकार सम्मेलन गरि भट्टले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । दुई कार्यकाल उपाध्यक्ष रहेका भट्ट सातौ विश्व सम्मेलनमा शेष घले समुहको तर्फबाट उपाध्यक्ष बनेका थिए ।

भट्टको नेपालमा हवाई उड्यन, संचार तथा पुर्वाधार विकास निर्माणमा लगानी रहेको छ । यही असोज २८ देखि ३१ गते काठमाडौमा एनआएनएको आठौ विश्व सम्मेलनको तय गरिएको छ । सम्मेलनले आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed