Breaking News.... EverestOnlineKhabar
June 6, 2026

छेउमा करिश्मालाई राख्दै बाबुरामले भने, ‘नयाँ शक्तिको एजेण्डा समृद्ध मधेश’

Loading

सिरहा । पूर्व प्रधानमन्त्री एवम नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई अशोज २ गते प्रदेश नम्बर २ मा हुन गैरहेको स्थानीय तहको निर्वाचनका लागि मधेश झरेका छन । तराईं मधेशमा राम्रो नतिजा हासिल गर्ने अपेक्षाकासाथ नेता भट्टराई प्रदेश नम्बर २ मा सभा सम्मेलन पनि गरिरहेका छन ।

निर्वाचन प्रचारप्रसारको क्रममा सिरहा पुगेका डा. भट्टराईले मधेशलाई समृद्ध र मधेशीलाई सम्मानित बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताए । हिमाल, पहाड र तराईलाई जोडेर राष्ट्रिय एकतालाई समृृद्ध बनाउने आफ्नो लक्ष्य भएको उनले बताए । मधेश र मधेशीलाई अधिकार सम्पन्न बनाउन आफू लागिपरेको उनको भनाइ थियो ।

मुलुकको विकास र समृद्धिका लागि नयाँ सोचका साथ नयाँ शक्ति निर्माण भएकाले आफ्नो पार्टीले चुनाव जित्न सके मात्र नेपाली जनताको सपना सकार हुने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed