Breaking News.... EverestOnlineKhabar
June 6, 2026

सीमा क्षेत्रको समस्या कांग्रेसले हल गर्छ : पौडेल

Loading

सिरहा । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल–भारत सीमा क्षेत्रमा देखिने समस्या समाधान गर्न कांग्रेसले पहल गर्ने बताउनु भएको छ ।

सिरहाको तिलाठीकोलाडी गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले सीमा क्षेत्रमा बेलाबेलामा देखिने गरेका समस्या समाधान गर्न अब कांग्रेस गम्भीरतापूर्वक लाग्ने बताउनुभो । उहाँले नेपाली कांग्रेसले स्थानीय तहमा जित हात पारेपछि जनताका दैनिक काम कारबाहीमा ढिलासुस्ती हुन नदिने प्रतिवद्धता समेत जनाउनुभयो ।

पौडेलले सिरहाको हनुमान नगर कन्कालिनी नगरपालिका, सुरुङ्गा, शम्भुनाथ, अग्नी सायर , कृष्ण श्रवण, तिरहुती गाउँपालिकामा आयोजित चुनावी सभालाईसमेत सम्वोधन गर्नुुभएको थियो ।

असोज दुई गते हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि नेपाली कांग्रेसका शीर्ष नेताहरु अहिले तराईमा छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed