Breaking News.... EverestOnlineKhabar
June 6, 2026

यु १९ एसिया कप छनौट क्रिकेटः नेपालद्वारा भुटान ९ विकेटले पराजित

Loading

काठमाडौ,२८ भदौ ।
उन्नाइस वर्षमुनिको एसिया कप छनौट क्रिकेट प्रतियोगिताको पूर्वी क्षेत्र अन्तर्गत नेपालले भुटानलाई ९ विकेटले हराएको छ । भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा एक विकेट जाँदा पूरा गरेको हो ।
नेपालका सन्दिप सुनारले २६ बलमा २१ रन, आशिफ शेखले २१ बलमा अविजित २३ रन साथै अनिल कुमार शाह ५ बलमा ४ रन अविजित रहे । मलेसियामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको भुटानले २८ ओभरमा ५० रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed