![]()
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले नेकपा माओवादी केन्द्रसँग कहिल्यै एकता नगर्ने घोषणा गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मूल पार्टीमा फर्कन भन्दै बारम्बार गरेको आग्रहपछि बैद्यले यस्तो जवाफ फर्काउनु भएको हो ।
सुर्खेतमा पार्टीको प्रदेश बैठकपछि प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बैद्यले दशवर्षे जनयुद्धको म्याण्डेटअनुरुप काम नभएकाले पार्टीले नयाँ जनवादी क्रान्ति गर्ने र त्यसले आमूल परिवर्तन ल्याउने दावी गर्नुभयो ।
उहाँले आगामी असोज २१ गते पार्टीको राष्ट्रिय महाधिवेशन पोखरामा हुने जानकारी समेत दिनुभयो । नेपालमा क्रान्तिकारी र अवसरवादी धार रहेको र आफूहरु क्रान्तिकारीसँग मात्रै कार्यगत एकता गरेर जाने उहाँले स्पष्ट पार्नुभयो ।


