![]()
काठमाडौं । अशोज २ गते प्रदेश नम्बर २ मा हुन लागेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा नतिजा आफनो पक्षमा पार्न कांग्रेसले सम्पूर्ण शक्ति परिचालन गरेको छ । निर्वाचनको मिति तोकिए देखि नै आक्रामक आन्तरिक तयारी गरेको कांग्रेस अहिले खुलेआम दुइ नम्बर प्रदेशका आठवटै जिल्लामा केन्द्रीत भएको छ ।
प्रधानमन्त्री एवम पार्टी सभापति शेरबहादुरसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु, पार्टीका पूर्व पदाधिकारीहरु, नेबिसंघ, तरुण दल लगायतका भ्रातृ संगठन सबै दुइ नम्बर प्रदेशमा केन्द्रीत भएका छन । उनीहरुले स्थानीय आवश्यकता र परिस्थिति अनुसार निर्वाचन प्रचार अभियान चलाइरहेका छन् ।
प्रधानमन्त्री देउवासहितका शीर्ष नेताहरुले आठवटै जिल्लाका महत्वपूर्ण स्थानमा आमसभा गर्नुहुनेछ । सबै सभालाई प्रधानमन्त्री देउवासहितका नेताहरुले सम्बोधन गर्नुुहुनेछ । शीर्ष नेताहरु आफै चुनावी अभियानमा दौडिएपछि अन्य दलका नेता कार्यकर्ता ठूलो संख्यामा कांग्रेस प्रवेश गर्ने कांग्रेसको अपेक्षा छ ।
कांग्रेसले प्रदेश नम्बर दुईमा एक सय भन्दा स्थानमा जीत हासिल गर्ने दावी गरेको छ ।


