Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

काठमाडौं । सरकारले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा ५ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यहि भदौ २९ गतेदेखि असोज २ गतेसम्म सार्वनजिक विदा दिने निर्णय गरेको हो ।

निर्वाचान आयोगले यसअघि निर्वाचन हुने प्रदेशमा ५ दिन विदा दिन सरकारसँग आग्रह गरेको थियो । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेको छ । यस्तै, बागमति सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्षमा नरेन्द्रराज बस्नेत नियुक्त भएका छन ।

बैठकले भूकम्पपछिको पुनर्निर्माणका लागि विश्व बैंकले दाताको संयुक्त कोषबाट उपलब्ध गराएको १ अर्ब ५ करोड रुपैयाँ स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed