Breaking News.... EverestOnlineKhabar
June 5, 2026

कांग्रेस नेता सिंहद्वारा व्यक्तिवादी सोचले अघि बढेको भन्दै आफनै पार्टी नेतृत्वको आलोचना

Loading

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी नेतृत्व बिधान अनुसार नभइ व्यक्तिवादी सोचले अघि बढेको आरोप लगाउनु भएको छ ।

बीपी स्मृति दिवसको सन्दर्भमा नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्लाले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले बीपीले प्रतिपादन गरेको सिद्धान्तलाई पार्टी नेतृृत्वले नै मान्न छोडेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले पार्टी भित्र व्यक्तिलाई मान्नुपर्ने संस्कारको विकास भएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । नेतृत्वको व्यक्तिवादी सोचका कारण नै स्थानीय तह निर्वाचनमा पार्टी दोस्रो स्थानमा पुगेको उहाँले बताउनुभयो ।

नेता सिंहले पार्टी सुदृढीकरणका लागि आफूले पार्टी निकायमा पहल गरिरहेको जानकारी समेत दिनुभयो । नेता सिंहले कांग्रेसलाई बिधिसम्मत चलाउन सके मात्र बीपी प्रति श्रद्धाञ्जली हुने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed