![]()
ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको समग्र विकासका लागि राष्ट्रिय बहस आवश्यक रहेको बताउनु भएको छ । ज्यापू समाज ललितपुरले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भूकम्पपछि आर्थिक समुन्नतिका लागि नयाँ बहस हुनुपर्नेमा त्यसो हुन नसकेको धारणा राख्नुभयो । उहाँले अब मुलुकको चौतर्फी विकासका लागि राष्ट्रिय बहस आवश्यक रहेकाले त्यसका लागि आफूले भूमिका खेल्ने जानकारी दिनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले परम्परागत संस्कृति र भेषभूषा जोगाउन ज्यापू समुदायको योगदान उल्लेखनीय रहेको भन्दै ज्यापु समुदायको प्रशंसा गर्नुभयो । संस्कृतिको जगेर्ना एवं प्रवद्र्वन गर्न ज्यापू समुदायलाई सरकार सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा परम्परागत संस्कृति जगेर्ना गर्न उल्लेखनीय योगदान गर्नेहरुलाई सम्मान गरिएको थियो ।


