Breaking News.... EverestOnlineKhabar
June 5, 2026

यातायात व्यवसायीको दादागिरीले दसैँका लागि अग्रिम टिकट बुकिङ अन्यौलमा….

Loading

काठमाडौ,२२ भदौ ।
यातायात व्यवसायीको अनावश्यक माग र दादागिरीले दसैका लागि अग्रिम टिकट बुकिङ अन्यौलमा परेको छ । यातायात व्यवसायीले अनावश्यक माग सरकारले पुरा गर्न नमानेपछि दसैँ लागि आजदेखि हुने भनिएको टिकट बुकिङ अन्यौलमा परेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बिहीबरदेखि टिकट बुकिङ खुल्ला गरिएको दावी गरे । तर यातायात व्यवसायीले भने अहिलेसम्म कोही पनि टिकट बुकिङ गर्न नआएको दाबी गरेका छन् ।

यसअघि विभाग र व्यवसायीबिच बिहीबारदेखि दसैँका लागि सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति भएको थियो । तर भाडा समायोजन गर्नुपर्ने र गाडीमा छत राख्न पाउनुपर्ने माग गर्दै व्यवसायीले टिकट बुकिङ गर्न आनाकानी गरेका छन् । उनीहरुले गएको असारबाट नै भाडादर समायोजन गर्न यातायात व्यवस्था विभागलाई दबाब दिँदै आएका थिए ।
दसैँका लागि काठमाडौं उपत्याकाबाट झण्डै ५० लाख यात्रु बाहिरिने गरेका छन् । आउँदो असोज ५ गते घटस्थापना परेको छ । विभाग र व्यवसायीबिच कुरा नमिल्दा दसैँको लागि घर जाने यात्रु अन्यौलमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed