Breaking News.... EverestOnlineKhabar
June 4, 2026

मिडिया मालिकहरुको संगठनले भ्रष्टाचारबिरोधी अभियान चलाउने

Loading

काठमाडौं । नेपालका प्रतिष्ठित छापा तथा इलोक्ट्रोनिक्स मिडिया सञ्चालकहरुको साझा संस्था नेपाल मिडिया सोसाइटीले भ्रष्ट्राचारविरोधी विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी सोसाइटीले अभियानबारे जानकारी गराएको हो । जनताको रगत पसिनाका रुपमा असुल गरिएको करमाथि मुठ्ठीभर शासकहरुले ब्रह्मलुट गर्ने प्रवृत्ति मौलाएको निष्कर्ष निकाल्दै सोविरुद्ध सबै तह र तप्काका नेपालीले उठ्नुपर्ने अवस्था देखिएको सोसाइटीले जनाएको छ ।

देशलाई भ्रष्ट्राचारमुक्त गर्न राजनीतिक शुद्धता र पारदर्शिताका लागि सबै पेशागत र तह तप्काका जनसमुदायलाई समेत ऐक्यबद्धता र खबरदारीका लागि सोसाइटीले अनुरोध गरेको छ ।

नेपाली मिडियाले फेरि पनि नीतिगत, संस्थागत, संगठितलगायत सबै प्रकारका भ्रष्ट्राचार अन्त्यका लागि एक विशेष प्रकारको अभियान चलाउने अठोट गरेको सोसाइटिद्वारा जारी बिज्ञप्तीमा पनि उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed