![]()
काभ्रे । प्रहरीले ५६ बर्षीया एक महिलाको बलात्कारपछि हत्या गर्ने ६ जनालाई पक्राउपछि सार्वजनिक गरेको छ । भदौ १३ गते काभ्रेको बनेपा नगरपालीका ८ पुन्यमती खोला नजिकै मकैबारीमा एक महिलाको अर्धनग्न अवस्थामा शव भेटिएको थियो । उनको सामुहिक बलात्कार पछि हत्या भएको पृष्टि भएको छ । बनेपा नगरपालीका वडा नम्बर १० बस्ने ५७ वर्षया नानु आले मगरलाई ६ जनाले बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काभ्रे भुम्लुका राजु भनिने गोपाल परियार, धुलिखेलका हमाल भनिने साधुराम विक, नमोबुद्धका महेश परियार, सिन्धुपाल्चोक मेलम्चीका कुलबहादुर भनिने सिताराम थापा रामेछापका प्रकास परियार र काभ्रे कोशीपारीका सञ्जय भनिने दिलबहादुर प्रधानसहित ६ जनाले नानु आले मगरलाई मकै बारीमा बलात्कार पछि हत्या गरेका थिए । लगातार ६ जनाले महिलालाई बलात्कार गरेर हत्या गरेको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीका अनुसार अभियुक्तहरुलाई जबजस्ती करणी र कर्तव्य ज्यान उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।


