![]()
काठमाडौं । खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले २ नम्बर प्रदेशको निर्वाचनमा नेपाली कांग्रेसले १०६ सिट जित्ने दावी गरेका छन । काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै मन्त्री यादवले तराईं मधेश कांग्रेसको गढ भएकाले १०६ सिट जितेर कांग्रेस पहिलो हुने बताए ।
मन्त्री यादवले कांग्रेसले नै मधेशको विकास गरेकाले हजारौं नेता तथा कार्यकर्ताहरु कांग्रेसलाई पहिलो बनाउन आतुर रहेको उनले बताए । कांग्रेसले जनतामा अत्यन्तै भिजेका, लोकप्रिय र पूराना नेताहरुलाई उम्मेद्धवार बनाएकाले पनि कांग्रेसको जित सुनिश्चित भएको उनले बताए ।
कांग्रेसले हुलाकी सडक, खानेपानी, भौतिकपूर्वाधार लगायत विकासका धेरै कामहरु गरेकोले कांग्रेसप्रति जनताको विश्वास रहेको उनले स्पष्ट पारे ।
मन्त्री यादवले राजमार्ग छेउमा कांग्रेसले माओवादी केन्द्रसँग ९–१० स्थानमा सहकार्य गर्ने निर्णय गरेको समेत जानकारी दिए । राजमार्ग छेउमा सिमराको जीतपुर, सर्लाहीको बाग्मती, लालबन्दी, हरिवन, धनुषाको ढल्केवर (मिथिला), सिरहाको कर्जन्हा, मिर्चैया र गोलबजारमा माओवादी केन्द्रसँग सहकार्य हुने उनले बताए ।


