Breaking News.... EverestOnlineKhabar
June 4, 2026

लोहनी नेतृत्वको एराप्रपाद्वारा आन्दोलन घोषणा

Loading

काठमाडौं । डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी ( एराप्रपा) ले काठमाडौंमा तीन दिने सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ । अध्यक्ष डा. लोहनीले पत्रकार सम्मेलन गरी हिन्दु राष्ट्र कायम गर्न सरकारलाई दवाव दिने उद्देश्यसहित आन्दोलन गर्न थालिएको जानकारी दिनुभयो ।

अध्यक्ष लोहनीले सबै धर्मको सम्मान गर्दै मुलुकमा हिन्दु राष्ट्र कायम गरिछाडने पार्टीको मूल एजेन्डा स्थापित गराउनेगरी सरकारलाई दबाब दिने जानकारी दिनुभयो । उहाँले बुधबार, विहिबार र शुक्रबार काठमाडौंमा सडक संघर्ष गर्ने कार्यक्रम रहेको बताउनुभयो । बुधबार काठमाडौंको विभिन्न ठाउँमा कोण सभा, विहिबार मोटरसाईकल ¥याली र शुक्रबार बबरमहल अगाडि जम्मा भई संसद भवन अगाडि जुुलुस र आमसभा गर्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय एकताको प्रतिकको रुपमा राजसंस्थाको पुर्नस्थापना, भ्रष्टाचारको अन्त्य, युवा रोजगारीको अवसर सृजना गर्ने बाटोको खोजी गर्न आन्दोलन आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेता लोहनीले मुलुकलाई राजनीतिक स्थायित्व दिन समानुपातिकतर्फबाट सांसदहरु बनाउन नहुने पनि बिचार राख्नुभयो । डा. लोहनी एवम वरिष्ठ नेता केशरबहादुर बिष्ट लगायतले केही समयअघि एराप्रपा राष्ट्रवादी गठन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed