Breaking News.... EverestOnlineKhabar
June 5, 2026

एक सय दिनमा विश्वकै सुन्दर शहर बनाउने मेयर विद्याशुन्दरका बाचा बाचामै सिमित

Loading

काठमाडौ,२० भदौ ।
काठमाडौ महानगर प्रमुख विद्याशुन्दर शाक्यले पदभार गर्नासाथ सार्वजनिक गरेको १ सय १ बुँदे घोषणापत्र घोषणा पत्रमै सिमित भएका छन् । नाम शुन्दर भएपनि उनले एक सय दिनमा कुरुप अथवा अलोकप्रिय काम बाहेक केहि गरेनन् । १ सय १ बुँदे घोषणा पत्रमा महानगरका तार व्यवस्थित गर्ने उल्लेख थियो । उनले सार्वजनिक गरेको प्रतिवद्धताको ६१ नम्बर बुँदामा‘अवस्थित पोल तथा तारको उचित व्यवस्थापनका लागि आवश्यक खाका तयार गर्ने’ उल्लेख थियो । भोली महानगरका जनप्रतिनिधीले सपथ ग्रहण गरेर कार्यभार सम्हालेको तीन महिना पुग्दैछ ।
तर,महानगरका मेयरले अव्यवस्थित तारलाई व्यवस्थित बनाउन कुनै पहल नगरेपछि सुचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेत अव्यवस्थित तार हटाउन आफै सडकमा उत्रिए र यसअघि महानगर लगायतका निकायलाई तार पहिचान गरी हटाएर व्यवस्थ्ति गर्न भनिए पनि नगरेपछि तार काट्नु परेको बस्नेतले बताएका थिए ।
मेयर शाक्यको घोषणाको २४ नम्बर बुँदामा सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने, विशेष प्रविधिको प्रयोग गरि धुलो र र खाडलरहित सडक निर्माण गर्ने उल्लेख थियो । उनले यो काम पनि गरेनन् । मेलम्ची खानेपानीको लागि काठमाडौं उपत्यका खानेपानी योजनाले पानीका पाइप विछ्याउन सडक खन्यो । त्यही क्रममा खाल्डा बढे । धुलो बढ्यो । यसलाई व्यवस्थित गर्न महानगरबासिले माग गरे । तर, महानगरले आफ्नो प्रतिवद्धता जनाएको काम गरेन ।
‘उल्टै सानातिना काम गर्दा महानगरको बजेट खेर जान्छ भनेर प्रतिक्रिया दिए ।’ वसन्तपुरका अनिल तुलाधर भन्छन्ः‘जनलाई यस्तै सानातिना कुराले समस्यामा पारेको छ । महानगर यही साना काम गरिदिएन । धुलो धुवाले धेरैको स्वास्थ्य विगिएको छ । जनतालाई प्रत्यक्ष असर पर्ने काम नगरिएदिएपछि अरु ठूला कामको के अर्थ रहन्छ र ?’
महानगरले देखिने गरी गरेको काम एउटा मात्रै छ । त्यो हो–वृद्ध भत्ता वितरण । उनले सार्वजनिक गरेको १ सय १ कामका सूचीको पहिलो नम्बरमा‘मासिक सामाजिक सुरक्षा भत्तामा तीन हजार थप गरी पाँच हजार रुपैया बनाउने’ उल्लेख थियो । यो घोषणा भने पूरा भएको छ ।
प्रतिबद्धताको बुँदा नम्बर ४० मा‘काष्ठमण्डप पुनिर्माणमा स्थानीयको सहभागीता गराउने’ उल्लेख छ । काष्ठमण्डप पुननिर्माणमा जनसहभागीता जुटाउने भन्ने उनको प्रतिवद्धता विरुद्ध आफैं गए उनी । जनसमूदायले बनाउने जिम्मा लिएर निर्माण प्रकृया समेत शुरु भएको काष्ठमण्डप आफैं बनाउने घोषणा गरे । काष्ठमण्डप पुनिर्माण ठेक्कामा दिनु हुँदैन, स्थानीयवासी आफैंले बनाउँछौं भनेर लामो समयदेखि माग राख्दै आएपछि यसको जिम्मा समूदायलाई दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed