Breaking News.... EverestOnlineKhabar
August 15, 2026

भ्रष्टाचारी ठहरिएका शर्मालाई उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको संरक्षण

Loading

काठमाडौ,२० भदौ ।
उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले साझा प्रकाशनको अनियमितताबारे विभिन्न निकायबाट छनबिन सुरू भएपछि राजीनामा दिएका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा अस्वीकृत गरेका छन् । केही दिनअघि राजीनामा दिएका शर्मालाई मन्त्री श्रेष्ठले राजीनामा फिर्ता गरी काममा फर्किन आग्रह गरेपछि उनी सोमबारदेखि पुनः कार्यालय जान थालेका छन्। साझाामा अनियमितताबारे समाचार प्रकाशित भएपछि शिक्षा मन्त्रालयले गठन गरेको छनबिन समितिले शर्मालाई दोषी ठहर गर्दै हटाउन सिफारिस गरे पनि मन्त्री श्रेष्ठले भने कारबाही गर्नुका सट्टा उल्टै संरक्षण गरेका छन्। शर्मासहित सञ्चालक समितिका मनोनित ४ जना सदस्यले राजीनामा दिएका थिए।
राजीनामा दिएका शर्मा एक्कासि कार्यालयमा देखेपछि उनीसँग जिज्ञासा राख्दा मन्त्रीले राजीनामा अस्वीकृत गरेपछि कार्यालय नगएर कहाँ जाने भन्दै उल्टै प्रश्न गरेको साझाका एक कर्मचारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed