Breaking News.... EverestOnlineKhabar
June 4, 2026

चिनियाँ कम्पनीद्वारा सिमेन्ट उत्पादन गर्न नेपालमा ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी

Loading

काठमाडौं । चीनको एक निजी कम्पनीले नेपालमा सिमेन्ट उत्पादनमा ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । चीनको होक्सी नामक कम्पनीले नेपालको सिवम् सिमेन्टसंगको संयुक्त लगानीमा नवलपरासीमा सिमेन्ट उद्योग खोल्न लागेको हो ।

काठमाडौंमा आइतबार एक कार्यक्रमबीच लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सिईओ महाप्रसाद अधिकारी र चिनियाँ कम्पनी होक्सीका निर्देशक वेइपेङले परियोजना लगानीसम्वन्धी सम्झौता पीआईएमा हस्ताक्षर गरेका छन । हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रवहाद्ुर कार्की तथा नेपालका लागि चिनियाँ राजदुत यू होङको समेत उपस्थिती थियो ।

सन २०१८ को पहिलो ३ महिना देखि नै सिमेन्ट उत्पादन शुरु गर्ने भनिएको सो उद्योगबाट दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ । उत्पादन क्रमशः वृद्धि गरी दैनिक १२ हजार टन र्पुयाइने सम्झौतामा उल्लेख छ । उद्योगबाट १ हजार भन्दा वढी नेपालीले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed