Breaking News.... EverestOnlineKhabar
June 4, 2026

स्थानीय तह, संघीय संसद र सातवटै प्रदेशमा एमालेको बहुमत हुन्छ : खनाल

Loading

ललितपुर । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमालेलाई चारैतीरबाट घेरावन्दी गर्न खोजिएपनि तीनवटै तहको निर्वाचनमा पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने बताउनु भएको छ ।

नेकपा एमाले जिल्ला कमिटी ललितपुरद्वारा आइतबार आयोजित ‘संगठन पुर्नताजगी तथा जनजागरण अभियान’ को शुभारम्भ गर्दै नेता खनालले स्थानीय तह, प्रदेश र संघीय संसदमा एमालेको सुविधाजनक बहुमत आउने दावी गर्नुभयो ।

नेता खनालले स्थानीय तहको निर्वाचनमा हालसम्म एमाले पहिलो रहेको र अब अशोज २ गते प्रदेश नम्बर २ मा हुने निर्वाचनमा पनि एमाले पहिलो हुने आधार तयार भैसकेको बताउनुभयो । एमालेलाई आन्तरिक र बाह्यरुपमा जतिसुकै घेरावन्दी गर्न खोजिएपनि जीतको वेगलाई कसैले रोक्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

पूर्व प्रधानमन्त्री खनालले एमालेप्रति जनताको विश्वास र भरोसा रहेको बताउँदै अघि भन्नुभयो ‘ आगामी मंसिर १० र २१ गते हुने संघीय संसद् र सातवटै प्रदेश सभामा एमालेले बहुमत ल्याउँछ । ’

कार्यक्रममा नेता खनालले मुलुक र जनतालाई केन्द्रमा राखी काम गर्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed