![]()
बिबिसि । तेस्रो वरियताका स्विस रोजर फेडरर र छैटौं वरियताका अष्ट्रेलियन डोमेनिक थिम युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
फेडररले बिना वरियताका रसियन मिखाईल योज्नीलाई ३–२ को संर्घषपुर्ण सेटले पाखा लगाउँदै तेस्रो स्थानमा आफूलाई सुरक्षित गरे । पहिलो सेट जितेका फेडररले दोस्रो र तेस्रो सेट गुमाएका थिए । त्यसपछिका दुबै सेटमा उत्कृष्ट पुनरागमन गर्दै फेडररले अघिल्लो चरणमा स्थान बनाएका हुन् ।
छैटौं वरियताका थिमले अमेरिकी टेलर फ्रिट्जलाई ३–१ ले हराए । अन्य खेलमा आ–आफ्ना प्रतिस्पर्धीलाई हराउँदै सातौं वरियताका गीग्रोर दिमित्रोभ, नवौं वरियताका डेभिड गोफिन र ११ औं वरियताका स्पेनी वाउटिस्टा अगुईटो अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
महिला एकलतर्फ शीर्ष वरियताकी चेक क्यारोलिना प्लीसकोभा, चौथो बरियताकी युक्रेनी एलिना भित्तोलिना र दशौं बरियताकी पोल्याण्डकी एग्नेस्का राडवान्स्का पनि आ–आफ्ना प्रतिष्पर्धीलाई हराउँदै प्रतियोगीताको अघिल्लो चरणमा प्रवेश गरेका छन् ।


