Breaking News.... EverestOnlineKhabar
April 19, 2026

रसियन टेनिस सुन्दरी मारिया युएस ओपन टेनिसको तेस्रो चरणमा

Loading

बिबिसि । रसियन टेनिस सुन्दरी मारिया सारापोभा युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छन् । निलम्बनबाट फुकुवा हुँदै टेनिस कोर्ट फर्किएकी सारापोभा हंगेरीकी टाइमिया बाबसलाई पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेकी हुन ।

करिब १५ महिनापछि पहिलो ग्राण्डस्लामको रूपमा युएस ओपन खेलेकी सारापोभाले बाबसलाई ६–७ (४ – ७ ), ६–४ र ६–१ को सेटमा हराएकी हुन् । सारापोभाले पहिलो चरणमा दोस्रो बरियताकी रोमानियाकी सिमोना हालेपलाई पराजित गरेकी थिइन् ।

जितपछि सारापोभाले आफूलाई आफ्नो क्षमतामा विश्वास रहेको र समर्थकहरूको मायाले सम्भब भएको बताईन् । शक्तिवद्र्धक औषधि प्रयोग (डोपिङ) मा असफल भएपछि ५ पटकको ग्राण्डस्लाम विजेता सारापोभालाई टेनिस फेडेरेसनले निलम्बन गरेको थियो ।

युएस ओपन अन्तर्गत नै अमेरिकन भेनस विलियम्स पनि तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed