Breaking News.... EverestOnlineKhabar
April 19, 2026

म्यानमारमा हिंसा फैलिएपछि रोहिंगा मुसलमान धमाधम बंगलादेश छिर्दै

Loading

एजेन्सी । म्यानमारको राखिन राज्यमा हिंसा फैलिएपछि त्यसबाट बच्न एक हप्तामै करिब १८ हजार रोहिंगा मुसलमान बंगलादेश छिर्ने अन्तिम तयारीमा रहेका छन । संयुक्त राष्ट्रसंघका अनुसार उनीहरु हाल म्यानमार–बंगलादेशको दशगजामा बसिरहेका छन ।

गत शुक्रवार रोहिंगा विद्रोहीले राखिन राज्यमा रहेका ३० प्रहरी स्टेसनमा आक्रमण गरेपछि सेना प्रतिकारमा उत्रिएको थियो । हिंसा भड्किएपछि एक सय भन्दा बढी मानिस मारिएको अनुमान गरिएको छ ।

म्यानमारबाट बंगलादेश भाग्ने क्रममा रोहिंगा मुसलमान सवार एक डुंगा समेत पल्टिएको थियो । ती मध्ये २० रोहिंगा मुसलमान महिला र बालबालिकाको शव बंगलादेशी बोर्डर गार्डले फेला पारेका थिए ।

गत अक्टु्बर यता करिब १ लाख रोहिंगा मुसलमान बंगलादेश छिरिसकेका छन् । उनीहरुले म्यानमार सरकारले जातीय नरसंहार गरिरहेको आरोप समेत लगाएका छन् । बंगलादेशले भने समय–समयमा रोहिंगा मुसलमानलाई फिर्ता पठाउने गरेको छ । म्यानमारले भने रोहिंगा आफ्नो देशको नभएको बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed