Breaking News.... EverestOnlineKhabar
April 19, 2026

अखिल क्रान्तिकारीमा सबैका प्रिय दिपेश पुन, बहुमतले चुनाव जित्दै

Loading

काठमाडौं । अखिल क्रान्तिकारीको २१औं एकताको राष्ट्रिय सम्मेलन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधवार अपरान्हबाट मतदान सुरु भएको छ । नेतृत्वमा रञ्जित तामाङ र अनिल शर्मा प्यानलसहित चुनावी मैदानमा होमिएका छन ।

रमाइलो के छ भने नेतृत्वका लागि तामाङ र शर्मा मैदानमा छन तर चर्चामा छाएका छन दिपेश पुन । तामाङ प्यानलमा रहेका पुन जनजातीको तर्फबाट उपाध्यक्षको उम्मेदवार रहेका छन । उनी तामाङको प्यानलमा रहेपनि शर्मा समूहमा पनि उत्तिकै लोकप्रिय छन । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा समेत रहेका दिपेशको मिलनसार स्वभाव, शैक्षिक एजेण्डामा स्पष्ट दृष्टिकोण, संघर्षशील इतिहास र समाजसेवी छविका कारण उनी देशभरका प्रतिनिधिका प्रिय बनेका छन । जतिबेला पनि उनलाइ प्रतिनिधिहरुले घेरेर राखेका हुन्छन । कम बोल्ने तर बचनमा अडिग रहेका दिपेशले भूकम्पका समयमा खेलेको भूमिका, हालै तराईका बिभिन्न जिल्लामा उद्दार र राहतमा देखाएको तदारुकता, राउटे समुदायको हकहीत र उनीहरुको बन्दोबस्तीका लागि दिएको योगदान प्रतिनिधिहरुबीच चर्चाको विषय बनेको छ । दिपेश आफैले भन्दा पनि देशभरबाट आएका प्रतिनिधिहरु स्वयं उनको जितका लागि खटिएका छन ।

१० बर्षको उमेरदेखि नै राजनीतिमा लागेका दिपेश द्वन्द्वकालमा पूर्णतः भूमिगत थिए । शान्तिपूर्ण राजनीतिमा आएपछि पार्टी र संगठनप्रतिको सक्रियतामा उनले दिलोज्यान दिएको मुल्याङ्कन पार्टीले समेत गरिसकेको छ । जुझारु विद्यार्थी नेता पुनले उपाध्यक्षमा आफ्नो उम्मेद्वारीसंगै शैक्षिक क्षेत्रको सुधारका लागि समेत स्पष्ट एजेण्डा प्रस्तुत गरेका छन् । कुशल संगठक समेत रहेको नेता पुनले ‘सबैका लागि शिक्षा’ लाई मुख्य एजेण्डा बनाएका छन् । शैक्षिक क्षेत्रमा विद्यमान रहेको अराजकता, व्यापारिकरण, माफियाकरणको अन्त्य आफ्नो प्राथमिकता एजेण्डा रहेको पुन बताउँछन । पुनले भने, ‘शिक्षामा भएको व्यापारिकरण, अराजकता, माफियाकरणले गर्दा लाखौ गरीब नेपाली विद्यार्थीहरुको जीवन बर्बाद भएको छ, यसको सुधारका लागि व्यवहारिक शिक्षा आजको आवश्यकता हो । नेपालको शिक्षा प्रणालीलाई व्यवहारिक बनाउनु आजको अहम् आवश्यकता हो ।’

विद्यार्थी संगठनहरु र आफ्नै विद्यार्थी संगठनप्रति पनि नेता पुनको असन्तुष्टि छ । उनी भन्छन्, ‘अरु विद्यार्थी संगठन जस्तै अखिल क्रान्तिकारी पनि शैक्षिक आन्दोलनबाट च्युत भएर दलालीकरणमा फसेको छ, दलालीकरणमा फसेको संगठनलाई विशुद्ध शैक्षिक मुद्दामा केन्द्रीत गर्न म ठोस एजेण्डा लिएर जनजातीका तर्फबाट उपाध्यक्षमा उठेको छु ।’

मुलुकको राजनीतिक परिर्वतनमा विद्यार्थी आन्दोलनले अहम भुमिका निर्वाह गरेपनि शैक्षिक मुद्दामा भने विद्यार्थी आन्दोलन चुकेको पुनको टिप्पणी छ । अबको शैक्षिक आन्दोलन समावेशिता, समाजवादी, व्यवहारिक र शिक्षामा समानताको लागि हुनुपर्ने उनी बताउँछन ।

संगठन भित्र नेता पुन उमेर हद लगाउनुपर्ने एजेण्डा बोकेका नेता हुन् । उनले संगठनमा ३२ वर्षको उमेर हद लगाउनुपर्ने अभियान चलाएपनि संगठनमा द्वन्द्व नहोस भनेर उनले संगठनको निर्णय स्वीकार पनि गरे । संगठनलाई एजेण्डामुखी बनाउन र चलायमान बनाउन आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।

राजनीतिक तथा शैक्षिक एजेण्डामा स्पष्ट दृष्ट्रिकोण र मिलनसार स्वभाव भएका पुन संगठनमै लोकप्रिय छन । सम्मेलनमै रहेका प्रतिनिधिहरुकै शब्दमा पुन बहुमतले उपाध्यक्षमा निर्वाचित हुँदैछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed