Breaking News.... EverestOnlineKhabar
June 19, 2026

अमेरिकाको टेक्सासमा समुद्री आँधीमा परी पाँच जनाको मृत्यु, दुई हजारभन्दा बढीको उद्धार

Loading

एजेन्सी,१२ भदौ ।
अमेरिकाको टेक्सासमा आएको समुद्री आँधी हार्भेमा परी पाँच जनाको मृत्यु भएको छ । हस्टन र वरिपरीबाट दुई हजारभन्दा बढीको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् । लगातार आँधी र पानी परिरहेकाले जनजीवन अस्तव्यस्त बनेको छ ।

कहाँ के कति जनधनको क्षति भयो भन्ने कुनै आंकलन गर्न नसकिएको टेक्सास राज्यका गभर्नरले बताएका छन् ।मानिसहरुलाई सार्वजनिक आश्रयस्थलहरुमा राखिएको छ । अमेरिकाको राष्ट्रिय मौसम केन्द्रले परिस्थिति कल्पना गरेभन्दा बाहिर पुगेको जनाएको छ ।
२५० भन्दा बढी सडक मार्गहरु बन्द हुँदा आवागमन ठप्प भएको छ । विमानस्थल बन्द गरिएको छ । १३ वर्ष यताको सबैभन्दा खतरनाक मानिएको यस आँधी बुधवारसम्मै कायम रहने बताइएको छ ।
२ सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको आँधीले तटीय क्षेत्र बढी प्रभावित भएको छ । सडक, विद्युत्, खानेपानी, टेलिफोन जस्ता अत्यावश्यक सेवाहरु लगभग ठप्प बनेका छन् राज्य सरकारले उद्धारका लागि सम्पूर्ण शक्ति लगाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed