Breaking News.... EverestOnlineKhabar
June 19, 2026

मालपोतका नासु कार्यालयमै रक्सी पियर लठ्ठ भएपछि…..

Loading

कञ्चनपुर,१२ भदौ ।
कन्चनपुरस्थित जिल्ला मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा धर्मराज जोशी आइतबार कार्यालय समयमै मदिरा सेवन गरेर अर्धचेत अवस्थामा भेटिएका छन् । सेवाग्राही आफ्नो काम गराउनका लागि नायव सुब्बाको कार्यकक्षमा जाँदा उनी मदिराको नसामा लठ्ठ भएर टेबलमाथि खुट्टा राखेर सुतिरहेको अवस्थामा भेटिएका थिए ।
उनलाई यस्तो अवस्थामा देखेपछि सेवाग्राहीले कार्यालय प्रमुखलाई जानकारी गराए । कार्यालय प्रमुखले सो कुरा थाहा पाएपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरमा खबर गरे । तत्कालै प्रहरी टोली आयो र नासु जोशीलाई नियन्त्रणमा लियो । जोशीलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखिएको छ ।
नासु जोशी यसअघि पनि पटक–पटक कार्यालय समयमा मदिरा सेवन गरेर आउने गरेको र कार्यालयमै सम्झाउने गरिएको भएपनि उनले आफूहरुले भनेको कुरालाई बेवास्ता गर्दै गएपछि बाध्य भएर प्रहरी बोलाउनुपरेको प्रमुख मालपोत अधिकृत गोविन्दप्रसाद अधिकारीले बताए ।
साथै, यस्ता गैरजिम्मेवार कर्मचारीहरुलाई विभागीय कारबाही गरिनेसमेत अधिकृत अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed