Breaking News.... EverestOnlineKhabar
June 19, 2026

संघीय संसद र प्रदेश सभा निर्वाचनको लागि निर्वाचन आयोगमा ९५ दलको निवेदन

Loading

काठमाडौ,१२ भदौ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ९५ वटा राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । व्यवस्थापिका–संसदभित्र र बाहिरका गरी जम्मा ९५ राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको आयोगले जानकारी दिएको छ ।
मङ्सिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबारसम्म निवेदन दिन आयोगले समय तोकेको थियो । आइतबार मात्रै ३१ राजनीतिक दलले निवेदन दिएका छन् । दलले आयोगमा बुझाएका कागजातको छानबिन गरी संविधान, ऐन र कानुनअनुसार भए दल दर्ता गरिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।
प्रमुख निर्वाचन आयुक्त डा.आयोधीप्रसाद यादवले निवेदनका लागि आएका कागजातको भदौ २५ गतेभित्र छानबिन पूरा गरी आयोगमा पेस गर्न दिएका छन्। । आयोगमा दल दर्ताका लागि व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले ७९औँ नम्बरमा निवेदन दिएको छ भने कुमार खड्का अध्यक्ष रहेको अखण्ड पार्टी नेपालले ९५औँ नम्बरमा निवेदन दर्ता गराएको छ । आयोगमा दल दर्ताका लागि पहिलो नम्बरमा बिजुलीप्रसाद तिम्सिना अध्यक्ष रहेको ग्रिन पार्टी नेपालले निवेदन दिएको छ । संसदमा रहेका सबै दलले निवेदन दिएको जानकारी प्रवक्ता शर्माले दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed