Breaking News.... EverestOnlineKhabar
June 19, 2026

अखिल क्रान्तिकारीमा अन्तिम भिडन्त तामाङ र शर्माबीच, मंगलवार मतदान

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वका लागि अन्तिममा अनिल शर्मा र रञ्जित तामाङबीच प्रतिस्पर्धा हुने भएको छ । अन्य आकांक्षीहरुले उम्मेदवारी नदिने निर्णय गरेपछि तामाङ र शर्माबीच प्रतिष्पर्धा हुन लागेको हो ।

नयाँ नेतृत्व चुन्न मंगलबार बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरिएको छ । भोलि दिउँसो १ बजे उम्मेदवारको अन्तिम सूचि प्रकाशन गरिने छ ।

यस्तै, सोमबार दिउँसो १ देखि २ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावलीउपर दाबी विरोध गर्ने, २ः३० बजे मनोनयनपत्रको जाँचबुझ गर्ने, ४ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने, ४ देखि ६ बजेसम्म उम्म्ेदवारको नाम फिर्ता लिने तथा साँझ ७ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर भोलिपल्ट बिहान ९ देखि ४ बजेसम्म मतदान हुन निर्वाचन समितिले जनाएको छ ।
२ हजार ३४ प्रतिनिधि सहभागि सम्मेलनबाट ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed