Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश र संघको निर्वाचनका लागि शनिवार दल दर्ता गरेको छ । पार्टी संयोजक महन्थ ठाकुर, राजेन्द्र महत्तो, महेन्द्र यादव लगायतका नेताहरुले निर्वाचन आयोग पुगी दल दर्ता गरेका हुन ।

दल दर्ता भएसंगै राजपाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निश्चित भएको छ । योसंगै राजपाले अशोज २ गते हुन लागेको तेस्रो चरणको चुनावी अभियान पनि तीव्र पारेको छ । प्रचार लगायत उम्मेदवार छनौट र चुनावी तालमेलबारे पार्टीले आन्तरिक तथा बाह्य तयारी अघि बढाएको हो ।

राजपाले चुनावकै लागि घोषणापत्र बनाउन ६ सदस्यीय मस्यौदा समिति पनि गठन गरेको छ । पाँच दिनभित्र सो समितिले चुनावी घोषणापत्र तयार गरेर अध्यक्ष मण्डलका नेतालाई बुझाउने छ । राजपाले भदौ १४ गतेसम्म उम्मेदवारी चयन गरिसक्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed