Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

काठमाडौं । आज यो बर्षको हरितालिका तीजको अन्तिम दिन, भाद्र शुक्ल पञ्चमी । सनातन धर्मावलम्बी महिलाहरू ऋषिपञ्चमी पर्व मनाएर तीजको समापन गरिरहेका छन ।

आजको दिन बिहान सबेरै उठी नदी, पवित्र तलाउ आदि स्थानमा गई माटो, गोबर, तिल, कुश, अपामार्ग (दतिवन) लगायतको प्रयोग गरी स्नान गर्ने चलन छ । ऋषिपञ्चमीको दिन ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउने गरिन्छ । ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिलाहरू चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन् । विधिपूर्वक स्नान गरी सप्तऋषिको पूजा गर्ने परम्परा छ ।
कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठसहित उनकी पत्नी अरुन्धतीको पूजा गरिन्छ । सप्तर्षिको पूजा गर्दा फूललगायतका वस्तु ३६५ को संख्यामा चढाउने विधान छ । विधिपूर्व सप्तर्षिको पूजा गर्नाले महिनावारी भएका बेला अञ्जानमा गरेका पाप नष्ट हुन्छन् भन्ने मान्यता छ ।

आजको दिन विशेषगरी काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा ब्रतालु महिलाको घुइँचो लाग्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed