![]()
काठमाडौं । पशुपतिशम्शेर राणाको राप्रपा प्रजातान्त्रिकलाइ मान्यता प्रदान गरेपछि राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा अदालत जाने भएका छन । राप्रपाको बिहीबार बसेको बैठकले निर्वाचन आयोगको निर्णयले नै राप्रपा बिभाजन गरेको निष्कर्ष निकालेको छ ।
निर्वाचन आयोगको पार्टी विभाजन गर्ने निर्णय त्रुटिपुर्ण एवं कानुनसम्बत नरहेको भन्दैै उक्त निर्णयका विरुद्ध कानुनी उपचारका लागि अदालत जाने निर्णय भएको राप्रपाले जनाएको छ ।
त्यस्तै राप्रपाले भदौ १२ गते काठमाडौ उपत्यकास्तरिय कार्यकर्ता भेला बोलाउने निर्णय पनि गरेको छ ।


