![]()
एजेन्सी । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको ‘वान टु वान’ भेटवार्ता निकै सकारात्मक भएको छ । भेटमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले मोदी समक्ष खुलेर नेपालको सरोकार राखेका छन ।
हैदरावाद हाउसमा भएको भेटमा प्रधानमन्त्री देउवाले सीमा क्षेत्रमा भारतले एकतर्फी रुपमा निर्माण गरेका बाँधले भएको डुबान, बिगतका सम्झौताको कार्यान्वयनमा भैरहेको ढिलाइ, हुलाकी मार्ग, पञ्चेश्वर लगायतका आयोजनामा भारतले देखाएको उदासिनताका विषयमा खुलेर कुरा राखेका थिए । जवाफमा भारतीय प्रधानमन्त्रीले सकारात्मक जवाफ दिंदै सम्झौता कार्यान्वयनका लागि प्रशासनिक संयन्त्रसंग कुरा गर्ने बताएका थिए । मोदीले नेपाल भारतबीच खुल्ला सीमा भएको सुरक्षा चिन्ता व्यक्त गरेका थिए । जवाफमा देउवाले त्यो विषयमा नेपाल संवेदनशिल भएकाले चिन्ता नगर्न आग्रह गरेका थिए ।
दुइ प्रधानमन्त्रीबीच नेपालमा भूकम्पपछिको पुनर्निर्माण, संविधान संशोधनको पछिल्लो अवस्था र आगामी चुनावबारे समेत कुरा भएको थियो ।
यसअघि भारतीय प्रधानमन्त्री मोदीले देउवासंग आकस्मिक चिया भेट गरेका थिए ।


