Breaking News.... EverestOnlineKhabar
June 19, 2026

कोरियाली पूर्वप्रधानमन्त्री जेलमुक्त

Loading

सोल,८ भदौ ।
दक्षिण कोरियाकी प्रथम महिला प्रधानमन्त्री हान म्योन सुकले सजाय भुक्तान गरी बुधबार रिहा भएकी छन्। त्रिहत्तर वर्षीया नेतृ सुकलाई गैरकानुनी राजनीतिक कोष स्वीकार गरेको अभियोगमा दुई वर्ष लामो जेल सजाय तोकिएको थियो। उनले सन् २००६ को अप्रिलदेखि एक वर्ष दक्षिण कोरियाको प्रथम प्रधानमन्त्रीका रूपमा तत्कालीन राष्ट्रपतिको रोह मु ह्युनको मातहतमा रहेर काम गरेकी थिइन्।
उनी दक्षिण कोरियाको इतिहासमा जेल जाने पहिलो पूर्वप्रधानमन्त्री हुन्। हानमाथि सन् २०१५ मा ७ लाख ६० हजार अमेरिकी डलर बराबरको रकम आफ्नो दलको राष्ट्रपतीय निर्वाचनको मनोनयनका लागि एक व्यापारीबाट सन् २००७ मा गैरकानुनी रूपमा लिएको अभियोगमा अदालतले दुई वर्षको जेल सजाय सुनाएको थियो।
हानले भने आफू निर्दोष रहेको र झूटो आरोपमा फसाइएको दाबी गर्दै आएकी छन्। तत्कालीन अनुदारवादी सरकारले सरकारी अभियोजक (कानुनी अधिकारीलाई) प्रयोग गरी आफ्नो ख्यातिलाई बदनाम गराउन दोषी ठहर गराएको उनको भनाइ छ। आफ्नो राजनीति नष्ट गर्न फसाइएको भन्दै उनले आफू निर्दोष रहेको बताउँदै आएकी छन्।
बुधबार बिहान जेलमुक्त हुँदा नेतृ सुकको स्वागत गर्न उनका हजारौँ समर्थक तथा दर्जनौं राजनीतिक सहकर्मी सोलको बाहिरी क्षेत्रमा रहेको जेल परिसर बाहिर भेला भएका थिए।
कोरियाली समाचार संस्था योन्हापले सुकको भनाइ उद्धृत गर्दै भनेको छः‘दुई वर्ष जेल रहँदा कठीन पीडाको सामना गर्नुपरेको थियो। अन्ततः नयाँ संसार पाएकी छु। म यसप्रति आभारी छु ।’ दक्षिण कोरियामा सुक बाहेक पनि विभिन्न भ्रष्टाचार अभियोगमा पूर्व नेता तथा राष्ट्रपतिहरू पनि जेल परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed