Breaking News.... EverestOnlineKhabar
June 19, 2026

चर्चित इंग्लिस फुटबलर वायने रुनीले लिए सन्यास

Loading

एजेन्सी,८ भदौ ।
इङ्ल्याण्डका चर्चित फुटबलर वायने रुनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ३१ वर्षीय रुनीले इङ्ल्याण्डका प्रशिक्षक गारेथ साउथगेटको अनुरोधलाई समेत अस्वीकार गर्दै सन्यासको घोषणा गरेका हुन् । प्रशिक्षक गारेथले रुनीलाई विश्वकप छनौट चरणअन्तर्गत आगामी महिना माल्टा र स्लोभाकियाविरुद्धको म्याच खेल्न आग्रह गरेका थिए ।
रुनीले भनेः‘ प्रशिक्षक गारेथले मलाई यसै साता बालाउनुभएको थियो, उहाँले मलाई इङ्ल्याण्डको टिममा फेरि लिन चाहनु भएको थियो । म उहाँको प्रशंसा गर्दछु,यो मेरा लागि निकै कठिन निर्णय हो, मैले आफ्नो परिवार, एभर्टनमा मेरो म्यानेजर र मेरा निकटम मित्रहरुसँग यसबारे सल्लाह गरेँ ।’
हालै इङ्लिस क्लव एभर्टनमा सामेल भएका रुनीले भनेः‘मलाई जहिले पनि एक खेलाडी वा कप्तानका रुपमा चुनियो, त्यतिबेला मैले आफूलाई भाग्यशाली ठानेँ । म उहाँहरु सबैप्रति धन्यवाद दिन चाहन्छु, जसले मलाई सहयोग गर्नुभयो ।’ उनले इङ्ल्याण्डका लागि खेल्नु सदैव आफ्नो लागि विशेष रहेको जनाउँदै तर अब यो बिदा लिने समय भएको बताए ।
उनले ११९ अन्तर्राष्ट्रिय म्याचमा आफ्नो देशका लागि ५३ गोल गरेका छन् । उनले सन् २००३ मा अस्ट्रेलियाविरुद्धको खेलमा इङ्ल्याण्डका तर्फबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । व्यावसायिक फुटबलमा भने उनी अझै सक्रिय नै रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed