Breaking News.... EverestOnlineKhabar
June 19, 2026

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनः आजदेखि बन्द सत्र

Loading

काठमाडौ,८ भदौ ।
राजधानीमा बुधबारवाट सुरु भएको नेकपा माओवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारी को २१ औँ राष्ट्रिय सम्मेलनमा आजदेखि बन्द सत्र सुरु हुँदैछ । बिहान १० बजे आयोजक समितिको बैठक बसेर बन्दसत्रको अन्तिम तयारी गर्ने र ११ बजेदेखि बन्द सत्र शुरु हुने महाधिवेशन आयोजक समितिले जनाएको छ ।
बन्दसत्रमा प्रस्तुत हुने विधान प्रतिवेदनमाथि २० वटा टोली बनाएर छलफल गरिने र प्रतिनिधिले उठाएको प्रश्नको नेतृत्वले जवाफ दिने कार्यक्रम छ । विधान पास भएपछि सर्वसम्मत नेतृत्वको लागि पहल हुने र सहमति नजुटेमा चुनावमा जाने तयारी छ ।
सम्मेलनमा देशभरबाट आएका २ हजार ७६ जना प्रतिनिधिले चुनावमा जान दवाव दिएकोले चुनाव हुने सम्भावना बलियो रहेको विद्यार्थी नेताहरुले बताएका छन् । सम्मेलनले ३३ सदस्यीय पदाधिकारी र २ सय ४३ जना केन्द्रिय सदस्य चयन गर्नेछ ।
अध्यक्षमा रञ्जित तामाङ, अनिल शर्मा, रामचन्द्र अधिकारी, विरेन्द्र बस्नेत र मदन अर्यालले दावी गरेका छन् । बुधबारदेखि सुरु भएको सम्मेलन आउँदो आइतबार सकिने अखिल क्रान्तिकारीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed