Breaking News.... EverestOnlineKhabar
May 11, 2026

काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएपछि केसी आक्रोशित, पुनः अनसन बस्ने चेतावनी

Loading

काठमाडौं । चिकित्सा सुधारको माग गर्दै ११औं पटक अनसन बसिसक्नु भएका प्रा.डा. गोविन्द केसीले आफूसंग भएको सहमति बिपरित सरकारले काठमाडौं नेसनल मेडिकल कलेजलाइ सम्बन्धन दिएपछि आक्रोश व्यक्त गरेका छन ।

डा. केसीले आइतबार बिज्ञप्ती जारी गरी काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज गर्न माग गरेका छन् । सम्बन्ध खारेज नभए फेरि आमरण बस्ने चेतावनी उनले दिएका छन ।

डा. केसी अनसन बसिरहेकै बेला त्रिविले सर्वोच्चको आदेशलाई देखाएर सुटुक्क सम्बन्धन दिएको रहस्य हालै सार्वजनिक भएको थियो । डाक्टर केसीले चिकित्सा शिक्षा ऐन जारी नहुन्जेल कुनै पनि नयाँ मेडिकल कलेज नखोल्ने सहमति विपरित सम्बन्धन दिएको सुन्दा आफू स्तब्ध भएको बताएका छन । यो लज्जास्पद र गैर जिम्मेवारीपूर्ण कामदेखेर आफू अचम्भित भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.