![]()
काठमाडौं । एसइइ परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै लाईफ कम्प्यूटरले आयोजना गरेको वेवसाइट प्रतियोगिता रिज्वान अम्हाद उत्कृष्ट भएका छन् । प्रतियोगितामा २०७३ मा एसइइ दिएका कूल ६३ विद्यार्थीले सहभागिता जनाएका थिए ।
पहिलो चरणबाट १७ प्रतिस्पर्धीलाई अन्तिम चरणमा छनोट गरेर पुनः प्रतिस्पर्धा गराइएको थियो । त्यसमध्येबाट रिव्वान अम्हादले उत्कृष्ट हुँदै एक थान ल्यापटप प्राप्त गरे ।
यसबाहके अन्तिम १७ मा परेका अन्य प्रतिस्पर्धीले प्रमाणपत्र र पेनड्राइभ प्राप्त गरे ।
सूचना प्रविधिको क्षेत्रमा विद्यार्थीहरुलाई प्रोत्साहित गर्न तथा उनीहरुमा रहेको प्रतिभा र क्षमतालाई बाहिर ल्याउन प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।


