Breaking News.... EverestOnlineKhabar
August 13, 2026

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिमण्डल बिस्तार, ८ राज्यमन्त्री थपिए, केही दिनमा अझ थपिने

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफनो मन्त्रिमण्डलमा ८ राज्य मन्त्री थप्नु भएको छ । प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रकातर्फबाट ८ राज्य मन्त्री थप्नु भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री देउवाले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । नेपाली कांग्रेसकातर्पmबाट १० र नेपाल फोरम लोकतान्त्रिकतर्फबाट ३ राज्य मन्त्री केही दिनमा थप्ने तयारी छ । थप गरिएका मन्त्रीसंगै देउवा मन्त्रिमण्डल अब ३१ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री, १९ मन्त्री र आठ राज्यमन्त्री छन् ।

आइतबार थपिएका राज्य मन्त्रीमा मोहम्मद जाकिर हुसेन (महिला, बालिकालिका तथा समाज कल्याण), रामसिंह यादव (स्वास्थ्य), श्यामकुमार श्रेष्ठ (गृह), शम्भुलाल श्रेष्ठ (ऊर्जा), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गुरुङ (सहरी विकास), गोमा कुँवर (पशुपक्षी विकास) र ओङ्दी शेर्पाले (सामान्य प्रशासन) राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

तस्बिर : रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed