![]()
विहार,१ भदौ ।
भारतीय राज्य बिहारमा बाढीका कारण कम्तीमा पनि ९१ जनाको ज्यान गएको छ । साथै, यसबाट करिब ९६ लाखजना नागरिक प्रभावित भएका छन् । गएको तीन दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ ।
बिहारको राजधानी नगर पटनामा यसका कारण निकै ठूलो क्षति पुगेको बताइएको छ । ती क्षेत्रमा अहिले पनि वर्षाकोक्रम जारी रहेको छ । जसका कारण जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ ।
बाढीका कारण लाखौंलाख नागरिक विस्थापित भएर सरकारले व्यवस्था गरेका शिविरमा बास बसिरहेका छन् । त्यस्तै, हजारौंजना घरबारविहीन बन्न पुगेका छन् । बिहारका १२ जिल्लालाई बाढीले बढी मात्रामा प्रभावित पारेको छ । सरकारले उद्वारकार्यलाई तीव्रता दिएको जनाएको छ । बाढीबाट प्रभावित भएकालाई शिविर बनाएर राखिएको छ । सो शिविरमा कैयौं नागरिक बसिरहेका छन् । केही हराएका छन् । बाढीमा परेर हराएकाको खोजीकार्य जारी छ ।
प्रभावित क्षेत्रमा ३५० शिविर निर्माण गरिएका छन् । ती शिविरमा हजारौं नागरिक बसिरहेका बताइएको छ । बिहारका मुख्यमन्त्री नितीश कुमारले उद्वार र राहात वितरणका लागि दुईओटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् ।


