Breaking News.... EverestOnlineKhabar
May 11, 2026

वीरगञ्ज भन्सार कार्यालयले आजदेखि जिएसटी प्रणाली लागु गर्ने

Loading

वीरगञ्ज,१ भदौ ।
वीरगञ्ज भन्सार कार्यालयले आजदेखि भारतबाट भित्रिने सबै बस्तुमा बस्तु तथा सेवा कर अर्थात जिएसटी प्रणाली लागु गर्ने भएको छ । भारतबाट आयात हुने कृषि उपज, खाद्यान्न, दलहन, जीवित जनावर, पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास बाहेकका बस्तुमा यो प्रणाली लागु हुने वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
जिएसटी प्रणाली लागु भएपछि भन्सार एजेन्टले बनाउने नक्कली बिल नियन्त्रणमा आउने विश्वास लिइएको छ । कारोबारीले प्रज्ञापनपत्र भर्दा ढुवानी साधन नम्बर एकिन गरेर भर्नुपर्ने र पछि ढुवानी साधन नम्बर फरक परेमा बिग्रेको अवस्था बाहेकमा नसच्याउने व्यवस्था भन्सार कार्यालयले गरेको छ । अब एउटा ढुवानी साधनमा एउटा मात्र एजेन्टको बस्तु ढुवानी गर्न पाउने, भन्सार जाँचपास भएर निकालिसकेको बस्तु अनिवार्य रुपमा त्यही दिन भन्सार यार्डबाट निकाल्नुपर्ने व्यवस्था लागु हुनेछ ।
यसअघि आयातकर्ताले भारतबाट पैठारी गर्दा भारतीय भन्सारको विलको आधारमा कम मूल्य तोकेर भ्याट बिल काटिने व्यवस्थाका कारण भन्सार राजस्व ह्रास हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.