Breaking News.... EverestOnlineKhabar
May 11, 2026

डाइभर्सन बनाएर ६ दिनपछि खुल्यो दाउन्नेको बाटो…..

Loading

नवलपरासी,१ भदौ ।
गएको ६ दिनदेखि अबरुद्ध रहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड बिहीबार बिहान ७ बजेदेखि खुलेको छ । जिल्ला प्रशासनको पहलमा नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीका ५०–५० जना जवान परिचालन गरी बुधबार डाईभर्सन बनाउने काम गरिएको हो ।
डाइभर्सन बनाउने काम सकिएपछि बिहीबार बिहान ७ बजेदेखि गाडी चल्न थालेका छन् । एक्साभेटरको प्रयोगगरी सडक खुलाउने प्रयास हुँदै आएपनि वर्षाका कारण लगातार गइरहेको पहिरोले गाह्रो भइरहेको थियो । पहिरोका कारण दाउन्नेमा झण्डै ६० मिटर पिच सडक भासिएपछि पूर्व–पश्चिम आवागमन साउन २७ गते गतेदेखि पूर्ण रुपमा ठप्प बनेको थियो । डाइभर्सन बनाएर अहिले एकतर्फी रुपमा बाटो खुलाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.